कैलालीमा रुखबाट खसेर १९ वर्षीया एक किशोरीको मृत्यु

धनगढी । कैलालीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–८ सुखडकी १९ वर्षीया राधा थापाको रुखबाट खसेर मृत्यु भएको हो । घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *