३ वर्षदेखि नक्कली रक्सी कारोबार गर्ने मामा–भान्जा

  • काठमाडौँ । काठमाडौँको थलीमा सञ्चालित नक्कली मदिरा कारखानामा छापा मार्दा प्रहरीले पुरानै कारोबारी फेला पारेको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीमा रहेको मदिरा कारखानामा छापा मार्दा यसअघि त्यही मुद्दामा पक्राउ गरिएकाहरूको संलग्नता भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले बताए ।

माघ २ मा उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले मदिरा कारखानामा छापा मारेको हो । कारखानाका सञ्चालक हुन्, रामेछापको खाँडादेवी गाउँपालिका घर भएका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्की । सिन्धुली घर भएका २८ वर्षीय गौरव तामाङ पनि सञ्चालक मध्येका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *