बैतडीमा टिप्पर दुर्घटना

बैतडी । बैतडीमा टिप्पर दुर्घटना भएको छ । मेलौलीबाट पाटनतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ क २३९४ नम्बरको खाली टिप्पर बिहीवार बिहान मेलौलीको लामालेकमा दुर्घटना भएको हो । लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको टिप्पर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए ।

दुर्घटनामा चालक मेलौली नगरपालिका–१ का २४ वर्षीय गम्भीर टमटा र सहचालक मेलौली–१ कै १९ वर्षीय रोहित दयाल घाइते भएको उनले बताए । घाइतेहरुको उद्धार भइरहेको छ । दुर्घटनाको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *