१४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

मोरङ । १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरी पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

चौधरीविरूद्ध पुस १३ गते आफ्नै घरमा ल्याई बलात्कार गरेको उजुरी छ ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *