बक्सिङ खेलाडी निता गोसाई मृत फेला

काठमाडौं । सशस्त्र प्रहरी बलकी सिपाही एवं बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन् ।

२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्।

साई मृत फेला परेपछि जिल्ला प्रहरी परिसर भक्तपुरले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए ।

नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *