म भित्रको केवल म : सुजित शाह (कविता)

sujit shah

– सुजित शाह

मलाई एक चोटि ,
म भित्रको केबल मलाई हेर्न मन छ,
कस्तो हुदोरहेछ,
सुन्दर वा कुरूप
सत्य वा झुट
योद्धा वा क्रान्तिकारी
बलियो वा कमजोर
मालिक वा नोकर!
म त म भित्रको म लाई पहिचान गर्न नसक्ने म,
कसैलाई के धाक लगाउने,
म यो छु, त्यो छु,यस्तो छु, त्यस्तो छु भनेर।

मलाई एक चोटि,
म भित्रको मलाई भन्न मन छ,
के के चाहिन्छ,
सुख वा दुःख
शान्ति वा द्वन्द्व
वार्ता वा आन्दोलन
विकास वा विनास
समृद्धि वा आश्वासन
म त म भित्रको म लाई चाहेको सबै दिन तयार म,
कसैलाई के निराश गर्ने,
मलाई आफै भ्रष्टाचारी, गुन्डा, दमनकारी,शोषित को चङ्गाुमा परेको छ भनेर,

मलाई एक चोटि फेरि,
म भित्रको मलाई इतिहास सुनाउन मन छ,
कस्तो थियो,
हिमाल जस्तो अटल,विशाल  वा भगउडा जस्तो डरपोक
वीर जस्तो योद्धा वा बिद्रोही जस्तो क्रान्तिकारी
सुर्य जस्तो चम्किलो वा रात जस्तो अध्यारो
अग्नि जस्तो तातो  वा बरफ जस्तो चिसो
जङ्गल जस्तो हरियाली वा मरुभूमि जस्तो उजाड
म त म भित्रको म लाई वास्तविकता सबै सुनाइदिने म,
कसैलाई के भ्रममा पार्ने,
मेरो आफ्नौ अस्तित्व अहिले संकटमा परेको छ भनेर,

मलाई एक चोटि,
म भित्रको मलाई सोध्न  मन छ,
किन यस्तो भइरहेछ,
निर्भरता वा आत्मनिर्भता
गुलामी वा पारिश्रमिक
देशद्रोही वा राष्ट्रवादी
डरपोक वा बहादुर
बेइज्जती वा आत्मसम्मानी
म त म भित्रको म लाई सहि बाटो देखाइदिने म,
कसैलाई के आश दिने,
मलाई आफै कहिले प्रजातान्त्रिकी,लोकतन्त्रकि र गणतन्त्रकीको नाममा लुटेको छ भनेर।

मलाई एक चोटि,
म भित्रको मलाई देखाउन मन छ,
के के छ,
सागरमाथा वा बुर्जखलिपा
शान्तिभूमि वा युद्धभूमि
मानवता वा स्वार्थी
प्रकृतियुक्ति वा कृत्रिमयुक्ति
आध्यात्मिकता वा वैज्ञानिकता
म त म भित्रको म लाई मात्र महत्त्वदिने म,
कसैलाई के लोभ दिने,
मलाई आफै कहिले दान,सहयोग र ऋणको नाममा सुम्पेको छ भनेर।

मलाई एक चोटि फेरि,
म भित्रको मलाई परिवर्तन गर्न मन छ,
के के को लागि,
न्याय वा अन्याय
सुरक्षा वा जोखिम
स्वादेश वा बिदेश
सम्मान वा अपमान
एकता वा छरिएको
म त म भित्रको म को लागि पर्खिदिने म,
कसैलाई के चुनौती दिने,
मलाई आफै विगत देखि ठुला ठुलाले हेपेको छ भनेर।
मलाई एक चोटि,
म भित्रको केबल मलाई हेर्न मन छ।

[नोट: म भनेको देश हो अनि म भित्रको म भनेको  जनता लाई संकेत गरेको हो।]

शाह हाल पृथ्वीनारायण क्याम्पस पोखरामा स्तानक कानुनमा अध्ययनरत (कानुन संकाय) छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *