दार्चुलामा बस दुर्घटना हुँदा १५ जना घाइते

दार्चुला । दार्चुलामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना घाइते भएको दार्चुला प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको सामान्य अवस्था छ।

घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । बस सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *