वीरेन्द्रनगरबाट लागुऔषधसहित तीन जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट एक जना महिलासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ का अविशेक बस्याल, अनिस बस्याल र एलिना बस्याल रहेका छन् । वडा नम्बर–१ को गौरी टोलमा उनीहरुले लागुऔषध कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले त्यहाँ छापा हानेको थियो ।

उनीहरुको साथबाट दुई ग्राम २० मिलिग्राम लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्ण बहादुर खड्काले जानकारी दिए । विशेषगरी लागुऔषध कारोबारमा पछिल्लो समय युवतीहरु समेत सक्रिय भएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *