चन्द्रमामा अन्तरिक्ष यान ल्याण्डिङ गर्ने विश्वको पाँचौं देश बन्यो जापान

काठमाडौं । जापानको अन्तरिक्ष एजेन्सीले चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्ष यानको सफ्ट ल्यान्डिङ पुष्टि गरेको छ।

जापानको अन्तरिक्ष एजेन्सी जाक्साले यो मिसनलाई ‘कोसेढुंगा’ र भावी अन्तरिक्ष अन्वेषण अभियानका लागि ठूलो कदम भनेको छ।

जाक्साका अध्यक्ष हिरोशी यामाकावाले अवतरण सफल भएको बताउँदै अन्तरिक्ष यानसँग सञ्चार सम्भव भएको बताए।

उनले चन्द्रमाको सतहमा अवतरण र सञ्चारलाई मिसनको ‘न्यूनतम सफलता’ भनेका छन्। उनले थप निष्कर्ष निकाल्न तथ्यांकको मूल्यांकन गर्ने बताए। उनले थप निष्कर्ष निकाल्न तथ्यांकको मूल्यांकन गर्ने बताए ।

अवतरण सफल भएको तर एजेन्सीलाई विश्लेषण गर्न करिब एक महिना लाग्ने उनको भनाइ छ। हिरोशी यामाकावाले जापान पनि मंगल ग्रह जाने योजनामा रहेकाे बताए।

अमेरिका, पूर्व सोभियत संघ, चीन र भारतपछि चन्द्रमाको सतहमा पुग्ने पाँचौं देश जापान हो। गत वर्ष मात्रै भारतले चन्द्रयान सफलतापूर्वक चन्द्रमाको सतहमा पठाएको थियो।

नासाका पूर्व वैज्ञानिक डा. एम्मा गाट्टीले यो प्रयासलाई अभूतपूर्व भनेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *