यस्तो छ आज तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलोको भाउ १ हजार ८ सय रूपैयाँ छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार कुरिलोको भाउ प्रतिकिलो १८ सयदेखि २ हजार रूपैयाँ तोकिएको छ ।

त्यस्तै डल्ले च्याउ ३ सय देखि ३५० रूपैयाँ प्रतिकिलो तोकिएको छ । त्यस्तै कन्य च्याउको भाउ १२० देखि १५० छ । आज गुन्द्रुकको भाउ २५० देखि ३ सय रूपैया प्रतिकिलो छ ।

नेपाली ठूलो गोलभेँडा र भारतीय ठूलो गोलभेँडाको ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ । भारतीय रातो आलु ३० देखि ३२ रूपैयाँ र नेपाली रातो आलु ३६ देखि ३८ रूपैयाँ प्रतिकिलो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *