श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् ।

तुल्सीपुर उपमहानगरपालिका ४ तल्लो हलवारेका ४३ वर्षीय पण्डुवा चौधरी पक्राउ परेका हुन् ।

मदिरा सेवन गरेका उनले गएराति श्रीमती ४२ वर्षकी लक्ष्मी चौधरीलाई टाउकोमा स्टिलको रड प्रहार गरेका थिए । घटनास्थलमै श्रीमतीको मृत्यु भएपछि उनले श्रीमती हराएको भन्दै खोजिदिन छिमेकीसँग गुहार समेत मागेका प्रहरीले जनाएको छ ।

उनको गुहारमा सहायता गर्न पुगेका छिमेकीमाथि सोही रडले प्रहार गर्दा तीन जना सामान्य घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *