माइतीघरबाट नेविसंका विद्यार्थी प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौंको माइतीघरमा लगाएको निषेधाज्ञा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माइतीघरको निषेधाज्ञा खारेज गर्नुपर्ने नारा लगाउँदै सो क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नागरिक स्वतन्त्रता कायम गर, निषेधाज्ञा फिर्ता गर लगायतका प्लेकार्ड सहित उनीहरूले प्रदर्शन गरेका थिए । माइतीघरमा लगाएको निषेधाज्ञाका कारण नागरिकको स्वतन्त्रता हनन भएकाले प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

माइतीघरको निषेधाज्ञा विरुद्ध पछिल्लो समय दैनिक रूपमा प्रदर्शन हुँदै आएको छ । सुरक्षाको कारण देखाउँदै प्रशासनले माइतीघरमा निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा जारी हुनु अघि विभिन्न समूहहरूले माइतीघरमा धर्ना, अनसन, प्रदर्शन लगायतका कार्यक्रम गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *