सेयर बजारमा २५.६३ अंकको गिरावट

काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज सेयर बजार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको सेयर मुल्य बढेको छ भने १७७ कम्पनीको सेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् । मिड सोलुका लगानीकर्ताले ९.७८ प्रतिशतका दरले कमाएका छन् ।

आज सेयर बजारमा ७ अर्ब ६७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

हिमालयन रिइन्स्योरेन्सः ५६ करोड ७९ लाख रुपैयाँ,हिमाल दोलखा हाइड्रोपावरः २२ करोड ९१ लाख रुपैयाँ,अपी पावरः २० करोड ८२ लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनीः २० करोड १३ लाख रुपैयाँ,सोनापुर मिनरल्सः १९ करोड ८८ लाख रुपैयाँ,ङादी ग्रुप पावरः १७ करोड ७८ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावरः १७ करोड ६७ लाख रुपैयाँ,अरुण काबेली पावरः १७ करोड ३२ लाख रुपैयाँ,लिबर्टी इनर्जीः १४ करोड ९१ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः १४ करोड ३७ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *