लुम्बिनीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु

बुटवल । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।

दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ टोल हथिहवा बस्ने ४५ वर्षका शिवकुमार यादवको मृत्यु भएको छ । यस्तै, भारतको सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले लोकान्तरलाई जानकारी दिए ।

उनीहरूको शव पोस्टमार्टमगरी रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा राखिएको छ । बाक्लो हुस्सु र शीतलहरको समयमा तीब्र गतिमा मोटरसाइकलका मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *