महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नक्कली फेसबुक आइडी बनाएर तस्बिर र भिडिओ प्रशारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए ।

पक्राउ पर्नेमा गोरखा भिमसेनथापा गाउँपालिका-२ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-४ बस्ने २४ वर्षीय भिमसेन भट्ट छन् ।

ब्युरोले उनलाई काठमाडौं महानगरपालिका-२७ बाट पक्राउ गरिएको थियो।

भट्टले ती महिलालाई काम गर्नेक्रममा चिनेका थिए। पछि उनीहरूबीच प्रेम भएर समयसमयमा भेटघाट समेत हुने गरेको थियो।

त्यतिबेला खिचिएका तस्बिर र भिडिओको दुरूपयोग गरेको प्रहरीले जनाएको छ। उनीहरू बीचको सम्बन्ध टुटेपछि भट्टले नक्कली आइडी बनाएर फेसबुक तथा ह्वाट्सएपमार्फत चरित्र हत्या गरेको पाइएको हो।

चरित्र हत्या गरी हैरानी दिएको भन्दै ब्युरोमा उजुरी परेपछि प्रहरीले उनको खोजी थालेको थियो।

उनलाई पक्राउ गरी मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो। थप अनुसन्धानका लागि अदालतले भट्टलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *