सिन्धुलीको ठेकेदारलाई मह जालमा पार्ने युवती दोषी ठहर

काठमाडौँ । सिन्धुलीका एक ठेकेदारलाई ‘हनि ट्रयाप’ मा पारी अपराधिक लाभ लिने देवी थापालाई दोषी ठहर गरिएको छ । हनी ट्रयापिङमा पारी विभिन्न युवाहरुलाई ठगी गर्दै हिँडेकी सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुंगाकी थापालाई काठमाडौं जिल्ला अदालतले आपराधिक लाभको कसुरमा दोषी ठहर गरेको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले हनी ट्रयापको कसुरमा थुनामा रहेकी थापालाई दोषी ठहर गरेको हो । देवी थापासँगै अर्का आरोपी सुदर्शन सापकोटालाई पनि दोषी ठहर गरिएको छ । काठमाडौंँ जिल्ला अदालतका सूचना अधिकारी सिपी पन्थीका अनुसार अदालतले आपराधिक लाभ लिने कार्यमा संलग्न युवती थापालाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको समेत फैसला भएको छ । थापाबाट पीडितलाई ७ लाख बिगो भराउने फैसलासमेत भएको छ ।

अर्का प्रतिवादी सुदर्शन सापकोटालाई ७ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तथा पीडितलाई २ लाख बिगो भराउने फैसला भएको हो । काठमाडौं जिल्ला अदालतमा २०७८ मंसिर ६ गते दर्ता भएको आपराधिक लाभ ९हनी ट्रयापको मुद्दामा अदालतले २ वर्षपछि फैसला सुनाएको हो । थापालाई यसअघि काठमाडौँ जिल्ला अदालतले ३ लाख ५० हजार रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको थियो । थापाले धरौटी बुझाएपनि अन्य मुद्दामा दोषी ठहरीएर जेलमै थिइन् । एक जुनियर प्रहरी अधिककृतलाई हनी ट्रयापमा पारी १७ लाख रकम असुल गरेपछि थापा र सापकोटाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा थापा २०७८ कात्तिक ९ गते नक्सालबाट पक्राउ परेकी थिइन् ।

थापाले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख, ओखलढुंगाकै एक युवकसँग २ लाख २१ हजार रुपैयाँ लिएकी थिइन् । रकम लिई फिर्ता माग्दा देवी थापाले दिपेन्द्र थापाविरुद्ध काठमाडौँ जिल्ला अदालतमै बलात्कारको मुद्दासमेत दिएकी थिइन् । सो मुद्दामा दीपेन्द्र थापाले सफाइ पाएका थिए ।

दीपाको जालमा यसरी फसे सिन्धुलीका ठेकेदारस् दीपाको माइती ओखलढुंगा भएपनि उनले ओखलढुंगा र सिन्धुलीको सिमानामा रहेको फिकल गाउँपालिकाका प्रकाश खड्का ९नाम परिवर्तन० सँग विवाह गरेकी थिइन् । गाउँघरकै मान्छेको चिनजान मार्फत उनीहरुको मागी विवाह भएको थियो । प्रकाश नेपाली सेनामा कार्यरत थिए भने दीपा गाउँमै बस्थिन् ।

प्रकाश सेनाको काममा बढी केन्द्रित हुने भएपछि दीपाको सम्बन्ध सिन्धुलीकै ठेकेदारसँग नजिकियो । ठेकेदारसँग नजिकको सम्बन्ध भएको कुरा प्रकाशले थाहा पाए । त्यसपछि प्रकाश ‘परिवार बचाउने’ भन्दै नेपाली सेनाको जागिर नै छाडेर घर आए । तर उनी घरमा आएपछि आफ्नो पोल खुलेको भन्दै दीपा घर छाडेर भागिन् ।
प्रकाशका अनुसार दीपाले उनको करिब ५० लाखको सम्पत्ति झ्वाम पारिन् । सुरुमा शान्ति सेनामा जाँदा कमाएको पैसाले भक्तपुरमा जग्गा किनेको बताइन् । तर, उक्त जग्गा तिनै ठेकेदारका नाममा किनेको र पछि उक्त जग्गा पनि फिर्ता नदिएको प्रकाशले बताए । पछि अदालतबाटै सम्बन्धविच्छेद गर्ने समयमा दीपाले छोरीका लागि भन्दै थप चार लाख रुपैयाँ लिइन् । अदालतमा सम्बन्धविच्छेद हुने समयमा दीपाले जन्माएकी छोरीका बुवा प्रकाश नै नभएको बयान दिइन् । तर, पनि छोरीको पढाइका लागि भन्दै उनले थप चार लाख रुपैयाँ लिएर गइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *