पुतली बजारमा बस दुर्घटना हुँदा १० जना घाइते

हेटौँडा । धरान चतरा सडक खण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका ६ स्थित पुतली बजारमा बुधवार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

फुर्केचौरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.३ ख ५३०३ नं.को बसले टेलरलाई साइड दिने क्रममा अचानक सडक किनारामा पल्टँदा बसमा सवार १५ जनामध्ये १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरू हेटौँडा १७ हटियाका वर्ष २५ की पुष्पा डङ्गोल, वर्ष २१ की रुपा डङ्गोल, हेटौँडा १८ बस्ने वर्ष ४५ की महिला (नाम स्पष्ट बताउन नसक्ने) वर्ष ७० को पुरुष (नाम स्पष्ट बताउन नसक्ने), हेटौँडा १७ का वर्ष ५१ को शङ्कर राई वर्ष ५५ की आशा राई र वीरगन्ज महानगरपालिका भएका वर्ष २२ की सीमा साहको हेटौँडामा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै मकवानपुर गढी गाउँपालिका ७ की वर्ष ५६ की माहिली माया थिङ, वडा नं. १ धापका वर्ष ४६ का कुमार सीँ गोले र हेटौँडा १८ हर्नामाडीका वर्ष ३६ का सोम लाल थिङको सन्चो हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *