बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा घटबढ भएको छैन भने चाँदीको मूल्य समान्य बढेको छ ।

आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँ बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *