अछाममा भालुको आक्रमणबाट २ युवती घाइते

अछाम । अछाममा भालुको आक्रमणबाट २ युवती घाइते भएका छन् ।

घाइते हुनेमा रामारोशन गाउँपालिका वडा नम्बर-५ का २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह रहेका छन् ।

खरमेला जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष केशरबहादुर शाहले जानकारी दिए ।

उनीहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *