५ तलाबाट हाम फालेर व्यवसायी अग्रवालले गरे आत्महत्या

काठमाडौं । धनगढीका एक व्यवसायीले घरको ५ तलाबाट हाम फालेका छन् ।

धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन् ।

घटना बुधवार विहान करिब ११ बजेतिर घरायसी विवादका कारण घरको छतबाट हाम फालेको प्रहरीले बताएको छ ।

हाम फालेका अग्रवालको उपचारका लागि नवजीवन अस्पताल लगिएकोमा मृत्यु भइसकेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *