सेयर बजारमा लगातार गिरावट, ३ अर्ब ८९ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज सेयर बजार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ८० कम्पनीको सेयर मुल्य बढेको छ भने १५३ कम्पनीको सेयर मुल्य घटेको छ ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २५ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

हिमालयन रिइन्स्योरेन्सः २५ करोड १५ लाख रुपैयाँ,ङादी ग्रुप पावरः १३ करोड ५ लाख रुपैयाँ,अरुण काबेली पावरः १२ करोड १० लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ६ लाख रुपैयाँ,अपी पावरः १० करोड ८४ लाख रुपैयाँ,गरिमा डिबेन्चर–२०८५ः ९ करोड ८१ लाख रुपैयाँ,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ९ करोड ८१ लाख रुपैयाँ,सोनापुर मिनरल्सः ८ करोड २६ लाख रुपैयाँ,सोल्टी होटेलः ८ करोड ७ लाख रुपैयाँ,माउन्टेन इनर्जीः ७ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *