बलात्कार आराेपमा एकजना पक्राउ

काठमाडौं । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बुढाथोकीले ती महिलालाई काठमाडौं ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *