१५ किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं । उदयपुरकाे कटारी नगरपालिका-३ स्थित बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोसहित सिरहा गोलबाजर नगरपालिका-१ बस्ने २८ वर्षीया अनिता राईलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

ललितपुरकाे महालक्ष्मी नगरपालिका-३ महर्जन चोकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोसहित सोही ठाउँ बस्ने ४२ वर्षीय बालकुमार बोगटीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *