काठमाडौंसहित देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो सिजनको सबैभन्दा कम तापक्रम मापन भएको छ ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । यसअघि गएको सोमवार काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव २ डिग्री मापन गरिएको थियो । आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपात भएका कारण चिसो बढेको हो । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ४, डडेलधुराको १ दशमलव ७ डिग्री, दीयापलको शून्य दशमलव ८ र धनगढीको १ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *