निरन्तर घट्दै सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार घटेरै बन्द भएको छ । गत साताको बुधबारदेखि लगातार घटेको सेयर बजार सातौं दिन पनि रातो रह्यो । बिहीबार ३.९४ अंक घटेर नेप्से परिसूचक २०८४ अंकमा कायम भएको छ ।

कारोबार रकम भने अघिल्लो दिनकै बराबर ३ अर्ब ७६ करोड रुपैयाँको भयो । बिहीबार ९१ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने १५ को स्थिर रह्यो । समूहगत सूचकहरुमा मिश्रित प्रभाव देखिएको छ । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १ प्रतिशत घट्यो ।

बैंकिङ २, विकास बैंक ६, फाइनान्स २ र ब्यापार समूह १४ अंक बढे । होटल तथा पर्यटन ५८, हाइड्रोपावर ०.४, जीवन बीमा ४५, उत्पादन ५, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ४७ र अन्य समूह ९ अंक घटे ।

सामलिङ पावरको मूल्य १० प्रतिशत बढ्यो । मिडसोलु हाइड्रोको ८.७, इनिफिनिटी लघुवित्तको ८.१, नेपाल हाइड्रो डेभलपरको ७, मनकामना स्मार्ट लघुवित्तको ५.९ प्रतिशत मूल्य बढ्यो । त्यस्तै धौलागिरि लघुवित्तको मूल्य ४.३, माहुली लघुवित्तको ४.१, तेह्रथुम पावरको ४, सिर्जनशील लघुवित्तको ३.८ तथा हाथवे इन्भेस्टमेन्टको ३.४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, अरुणकाबेली, अपी पावर र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी क्रमशः अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *