लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

काठमाडौं । लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ परेका छन्।

बारा, महागढीमाई नगरपालिका-१ गढीमाई मन्दिरस्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २ ग्रामसहित सुर्वण गाउँपालिका-७ सनफुलुवा बस्ने ४१ वर्षीय उमेश कुमार यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले बा.९४ प ६११४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५७ मिलिग्रामसहित

सोही महानगरपालिका-१२ बस्ने २३ वर्षीय शौरभ सोनीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

बर्दिया, बाँसगढी नगरपालिका-९ पहाडिपुरबाट लागूऔषध गाँजा करिब १ किलो ४५ ग्रामसहित सोही नगरपालिका-९ माछागड बस्ने २४ वर्षीय अम्मर बहादुर चनारालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी बस्ने २७ वर्षीय बिस्सुराज लामालाई लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १ सय २५ ग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले लामाको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

सिरहा, धनगढीमाई नगरपालिका-५ स्थित सडकबाट लागूऔषध गाँजा करिब २ किलो र नगद ६ हजार ४ सय ४५ रूपैयाँसहित सोही नगरपालिका-१३ भोर्लेनी बस्ने ४८ वर्षीय राम सुफल महतोलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१३ बस्ने २८ वर्षीय बिकल्प पुन मगर र २२ वर्षीय सुरेश नाथ योगी रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

झापा, दमक नगरपालिका-९ बस्ने २६ वर्षीय पासाङ तामाङलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *