आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आइतबार भएको खेलमा संकटालाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलमा आर्मीलाई जिताउन दिनेश हेमजनले दुई तथा जिलेस्पीजंग कार्कीले एक गोल गरे। अब फाइनल प्रवेशका लागि आर्मीले नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ।

प्रतियोगिताअन्तर्गत सोमबार मनाङ मस्याङ्दी र जाउलाखेलबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *