नेपाल ल्युब आएल र नयाँ डिलर जय मधु गङ्गाद्वारा रिटेलर मिट सम्पन्न

काठमाडौँ। नेपाल ल्युब आएल र डिलर जय मधु गङ्गाले विक्रेताहरूसँगको भेटघाट भव्यताका साथ सम्पन्न गरेको छ।

मधु गङ्गाका प्रोप्राइटर हिरन बुढाथोकीको सभापतित्व, प्रमुख अतिथि नेपाल ल्युब आएलका कार्यकारी निर्देशक तथा नाडाका अध्यक्ष करण चौधरी, विशिष्ट अतिथि जी.एम. गङ्गाराज भट्टराई, डी.जी.एम. दिवाकर मिश्रको उपस्थितमा सञ्चालन भएको सो कार्यक्रममा नेपाल ल्युब आयलका विक्रेताहरूको जमघट भएको हो।

शुक्रवार राजधानी काठमाडौँमा आयोजित विक्रेता भेटघाट कार्यक्रममा जय मधु गङ्गा ट्रेडर्सका अध्यक्ष हिरन बुढाथोकीले आफूले डिलर सीप लिए लगत्तै विक्रेता भेटघाट गर्न पाएको प्रति खुसी व्यक्त गरेका थिए। साथै सो कार्यक्रममा सबै सरोकारवाला निकायहरूको नाफाको लागि गुणस्तरमा कुनै सम्झौता नगरौँ भन्ने आवाज गुन्जिएको थियो।

नेपाल अटो मेसिन एशोसिएनका (नासा) पूर्व अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले पनि नेपालमा गुड्ने अटोमोबाइल नेपाल ल्युब आयलको गुणस्तरको मामिलामा अर्को प्रतिस्पर्धी नभएको जिकिर गरे।

कार्यक्रममा नेपाल ल्युब आयलका बजार प्रबन्धक जय प्रकाश पञ्जियारले नेपाल ल्युब आयलको ३१५ वटा उत्पादनहरूको बारेमा सम्पूर्ण विक्रेतावर्गहरु लाई जानकारी गराएका थिए। वित्त चित्र मार्फत उनले नेपाल ल्युब आयलको अटो मोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने ल्युब्रिकेन्टको बारेमा विस्तृतमा जानकारी गराएका थिए। त्यस्तै नेपाल ल्युब आयलले बजारमा बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण पेस गरिएको थिए।

विक्रेता भेटघाट कार्यक्रमले कम्पनीको सेल्समा ग्राेथ हुने विश्वास नेपाल ल्युब आयलका महाप्रबन्धक गङ्गा राज भट्टराईले विश्वास व्यक्त गरे। मेकानिकल र विक्रेताहरूलाई नेपाल ल्युब आयलका बारेमा जानकारी साथै रेटहरूको बारेमा पनि विस्तृत रूपमा जानकारी राख्न सबै विक्रेताहरूलाई आग्रह गरे। साथै नेपाल ल्युब आयलको बारेमा जानकारी गराउन नेपाल ल्युब आयलका कर्मचारी हर समय तयार रहेको समेत जानकारी गराए।

सी.जी. होल्डिङ्सका कार्यकारी निर्देशक तथा नवनिर्वाचित नाडाका अध्यक्ष करण चौधरीले बजारमा दुई सय रुपैयाँको हाराहारीमा रहेको नेपाल ल्युब आयलको शेयर लागानीकर्ताहरुले बेच्न अनिच्छुक रहेको कारण उक्त कम्पनीको शेयर मूल्य नबढेको बताएका छन्।

नेपाल ल्युब आयलको बुक भ्यालु ९०० रुपैयाँ प्रति कित्ता रहेको र मार्केट क्याप २ हजार भन्दा धेरै रहेता पनि बजार मूल्य २०० मात्र रहेको जिकिर गर्दै आफू यस प्रति गौरवान्वित महसुस गर्ने बताए। कोही पनि लगानीकर्ता नेपाल ल्युब आयलको शेयर बेच्न नचाहाएकोले यसको मूल्यमा असर नपर्ने गरेको उनले बताए।

यस आर्थिक मन्दीको असर र त्रैमासिक विवरणहरू हेर्दा नेपाल ल्युब आयलको ब्यालेन्स सिट पनि ऋणात्मक रहने आकलन आफू लगायत धेरैले गरेता पनि कम्पनीको म्यानेजमेन्ट र रिटेलर्सको मिहिनतका कारण यस पटक पनि लगानीकर्ताहरूलाई निराश नपारिएको जानकारी गराए।

करिब ९ वर्ष नेपाल ल्युब आयल हाँकेका अध्यक्ष चौधरीले विगत ४ वर्षदेखि नेपालको नं १ ल्युब्रिकेन्ट बनाएको प्रति सबै सरोकारवालाहरूलाई कृतज्ञता व्यक्त गरेका थिए। उनले सरकारलाई ईंकित गर्दै देशमा आगो लगाएपछि निभाउने बानी छ, तर आगो लाग्न नदिनेतर्फ कसैको सोच नभएको दृष्टान्तसमेत सुनाएका थिए।

त्यस्तै एक आम विक्रेताबाट डिलर बनेका जय मधु गङ्गा ट्रेडर्सका अध्यक्ष हिरन बुढाथोकीले स्वतस्फिुर्तका साथ कार्यक्रम सङ्गठित गर्न सहयोग पुराइरहेका थिए। बुढाथोकीको नयाँ डिलर सीप काठमाडौँको सुकेधारामा सुचारु रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *