२३ वर्षपछि हत्याका आरोपित पक्राउ

काठमाडौं । खानामा विष मिलाएर हत्या गरेको अभियोगमा फरार भएका एक आरोपितलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
कमला नगरपालिका वडा नम्बर ६ स्थित सखुवामडान बस्ने ५४ वर्षीय मोहन साह कानुलाई घटनाको २३ वर्षपछि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

मोहनले विष मिलाएर दिएको खाना स्थानीय बुधनी देवीले खाँदा उनको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बुधनीको हत्या गरेर उनले शव समेत बेपत्ता पारेका थिए । घटनपछि फरार भएका मोहनलाई अनुसन्धानको सिलसिलामा खोज तलास गर्दै जाने क्रममा विशेष सूचनाको आधारमा आइतबार पक्राउ गरिएको उनले बताए ।

मोहनविरूद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *