तोलामा ३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं ।  सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा तीन सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको एक लाख १८ हजार ६०० मा कारोबार भइरहेको छ । तेजावी सुन भने एक लाख १८ हजार ५० मा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन एक लाख १८ हजार ३०० र तेजावी सुन १७ हजार ७५० मा कारोबार भएको थियो ।

यता, चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा एक हजार ४२० मा कारोबार भइरहेको छ । सोमबार एक हजार ४०५ मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *