पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको निधन

काठमाडौं । पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ।

उनको शव कलंकीको नेसनल हस्पिटलमा राखिएको छ। घरमै हृदयाघात भएका उनलाई एट्याक आएलगत्तै आज बिहान उपचारका लागि अस्पताल लगिएकाे थियाे।

तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *