बढ्यो सुनको मूल्य, कतिमा हँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदीको स्थिर रहेको छ । सोमबारदेखि बढ्न सुरु भएको सुनको मूल्य आज पनि बढेको हो ।

मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन १ लाख १८ हजार ७ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य आज स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *