सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्बमाथिको कारोबार

काठमाडौं । सेयर बजारमा आज दोहोरो अंकले घटेको छ । आज सेयर बजार नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ अंकको विन्दुमा कायम भएको छ ।

आज उत्पादनमुलक तथा प्रसोधन कम्पनी बाहेक सबै रात्ताम्मे भएका छन् । आज २९ कम्पनीको सेयर मुल्य बढेको छ भने २१५ कम्पनीको सेयर मुल्य घटेको छ ।

आज दिनभरिमा १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको ६३ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै,एनआरएन इन्फ्रास्ट्रक्चरः २६ करोड १ लाख रुपैयाँ,ङादी ग्रुप पावरः २४ करोड २६ लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनीः १९ करोड ८९ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः ११ करोड ७४ लाख रुपैयाँ,बरुण हाइड्रोपावरः ८ करोड १९ लाख रुपैयाँ,सिनर्जी पावरः ८ करोड १ लाख रुपैयाँ,आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सः ७ करोड ९० लाख रुपैयाँ,शिवम सिमेन्टः ७ करोड ७४ लाख रुपैयाँ,निफ्राः ७ करोड ७२ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *