नक्कली पैसा लिएर अन्डा किन्न गएका श्रीमान-श्रीमती पक्राउ

काठमाडौं । सर्लाहीमा नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । मंगलबार साँझ मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रूपैयाँ दरको २ वटा नक्कली नोटसहित दुई जना पक्राउ परेका हुन् ।

सर्लाही प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकी श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् ।

उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा वाद(विवाद भइरहेको भन्ने खबर प्राप्त भएपछि खटिएको प्रहरीले उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *