भक्तपुरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु, एक घाइते

काठमाडौँ । भक्तपुरको चार दोबाटोमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

गएराति ९ बजे भक्तपुरको चार दोबाटो आकाशे पुल नजिक भक्तपुरबाट काठमाडौं जाने लेनमा टायर पंचर भएर बाँटोमा रोकिराखेको बा ५ ख २५१ नम्बरको निशान गाडीमा सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००९ प ७००७ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा चालक सुर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने वर्ष २४ को समन भुजेलको गएराति १० बजे उपचारको क्रममा निधन भएको भक्तपुर प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलमा सवार बालकोट–३ बस्ने २० वर्षकी सोफिया ठकुरी घाइते भएको प्रहरीको भनाइ छ। उनको भक्तपुर इन्टरनेशन अस्पताल ठिमीमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *