बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । सुनको मूल्य लगातार चौथो दिन पनि बढेको हो । गत सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो ।

अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *