मेलम्चीसहित २१ आयोजनामा दबाब यात्रा गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ । रास्वपाले मेलम्चीसहित आयोजनाहरू अलपत्र रहेको भन्दै निर्माण पूरा गराउन दबाब दिन पैदल यात्रा गर्न लागेको हो ।

पछिल्लो पटक गत माघ १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरू गरिएको थियो । यही माघ २१ गते दबाब यात्रालाई सभापति रवि लामिछानेले सुरूवात गर्नेछन् । सो दिन मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा हुने रास्वपाले जनाएको छ ।

सातै प्रदेशमा तीन वटाका दरले आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ । त्यसका लागि प्रतिनिधि सभा सांसदहरूलाई जिम्मेवारी दिइएको छ । सभापति लामिछाने सहितले नारायणग–पुल्चोक–गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन् ।

उपसभापति डिपी अर्यालले काठमाडौं–मधेस द्रुतमार्ग र अर्का उपसभापति स्वर्णिम वाग्लेले घुमाउने पुल र सडक स्तरउन्नती योजनामा दबाब यात्रा गर्ने भएका छन् ।

रास्वपाले गत पुस ९ देखि ११ गतेसम्म नारायणगढ(बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरेको थियो । लामो समयदेखि अलपत्र र नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजना प्राथमिकतामा राखेर दबाब यात्रा गर्न लागिएको रास्वपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *