सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

बिहीबार नेपाली बजारमा १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने बढेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख १८ हजार ९५० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *