भारतीय अभिनेत्री पुनम पाण्डेको निधन

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमै निधन भएको छ। शुक्रबार बिहान उनको सामाजिक संजालमार्फत निधनको भएको बताइएको छ।

पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

‘आजको बिहानी हाम्रा लागि कठिन छ। पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पूनमलाई गुमाउनु भएको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ। उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो। शोकको यस समयमा हामी गोपनियता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं,’ पूनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको छ।

पाण्डेको जन्म ११ मार्च १९९१ भारतको कानपुरमा भएको थियो। उनी मोडल र अभिनेत्री थिइन्। उनले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी हुन्। उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *