धनगढीमा जुत्ता पसलको गोदाममा आगलागी

धनगढी । कैलालीको धनगढीस्थित एक जुत्ता पसलको गोदाममा शुक्रबार आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका २ स्थित साल्टट्रेडिङ भवनमा रहेको निरा प्रसाईको पाथिभरा इन्पोरियममा लागलागी भएको हो ।

जुत्ता तथा चप्पल गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट जुत्ता चप्पलका सामानहरु जलेर १ करोड ५० लाख बढीको क्षति भएको पसल सञ्चालकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोली, सशस्त्र पहरी तथा नगर प्रहरीको सहायताबाट सबै सामान बाहिर निकालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *