रोमानिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे नगरपालिका-७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

जगतले १ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई होटलमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *