सुनचाँदीको भाउ घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ४०० रुपैंयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै उक्त दिन चाँदीको भाउ प्रतितोला ५ रुपैंयाले घटेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९५ रुपैंयामा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *