खैरो हेरोइनसहित दुई जना पक्राउ

सुनसरी । अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–७ शुक्रपथस्थित तिनजुरे होटलबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ८ ग्राम ९४ मिलिग्राम र नगद १६ हजार रुपैयाँसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१५ बगरकोट घर भएकी तिनजुरे होटलकी संचालक ४० वर्षीया कविता भुजेल र सोही होटलमा बस्ने तेह्रथुम म्याङलुङ नगरपालिका–७ जिरिखिम्ति घर भएका ३७ वर्षीय मौसम खड्का रहेका छन् ।

प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *