सरकारले सुशासनको पक्षमा काम गरेको छ : सांसद शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिन नहुने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले सरकारले सुशासन, समृद्धि र समाजिक न्यायको पक्षमा पहलकदमी बढाएको बताएका हुन्।

उनले सरकारको यस पहलकदमीका लागि संसदको खबरदारी र सहयोग आवश्यक रहेको पनि बताए। उनले सरकारको कदममा कुनै राजनीतिक रङ नभर्न आग्रह समेत गरेका हुन्।

सांसद शर्माले प्रधानमन्त्रीले नयाँ ढंगले काम गर्न चाहेको उल्लेख गर्दै यसको निम्ति राज्यसंयन्त्र र संरचनाहरुको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए। उनले कानूनअनुसार कारबाही भइरहेको विषयलाई राजनीतिकरण गर्नु नहुने बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *