जापानमा नर्सिङ केयर गिभर : इच्छुक नेपालीका लागि अनलाईन सेमिनार आयोजना

काठमाडौं । जापान सरकारले नर्सिङ केयर गिभरका रुपमा जापानमा काम गर्न इच्छुक नेपालीहरुलाई आवश्यक तालिम प्रदान गर्ने उद्देश्यले अनलाईन सेमिनारको आयोजना गरिएको छ । जापान सरकार स्वास्थ्य श्रम तथा समाज कल्याण मन्त्रालयको आयोजनामा दक्ष कामदार (एसएसडब्ल्यू) अन्तर्गत नर्सिङ केयर गिभरका रुपमा जापानमा काम गर्न चाहनेहरुले गर्नुपर्ने कामका बारेमा जानकारी दिइएको हो ।

केयर गिवरमा काम गर्न इच्छुक भाषा अध्ययन गरिरहेकाहरुलाई करिब २ घण्टा अनलाईन अन्तत्रिया गरिएको हो । नर्सिङ केयर सेन्टरमा कार्यरत नेपाली कर्मचारीहरुले कामको तरिका र सम्भावित जोखिमका बारेमा जानकारी दिए । उक्त सेमिनारमा २ सय ५० जना भन्दा बढि जापानिज् भाषा अध्ययनरत् नेपाली विद्यार्थी सहभागी भएका थिए ।

२०७६ सालदेखी जापान सरकारले नर्सिङ क्षेत्रमा समेत दक्ष नेपाली कामदारहरुलाई उचित सेवा सुविधा सहित लान थालेको हो । त्यसयता नर्सिङ केयर गिवरका रुपमा जापान जाने नेपालीहरुको संख्या बढ्दो छ । जापानीज् भाषा अध्ययनरत विद्यार्थीहरुलाई उपयोगी मुलक विषय भएकाले सेमिनारको आयोजना गरिएको आयोजक टिमले बताएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *