सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं । नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको छ ।

सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन् । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे । क्यानडाले छैटौं ओभरको खेल सकिँदा २ विकेट गुमाएर ३५ रन बनाएको छ ।

यसअघि रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका थिए उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *