पर्यटक बढाउन ‘टुर दि ठाकुरद्वारा’

काठमाडौं । ,नेपालगञ्ज(बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रा गरिएको छ।

नेपालगञ्ज साइक्लिङ क्लवको आयोजनामा नेपालगञ्जको बागेश्वरी मन्दिरबाट शुक्रबार विहान आठ बजे साइकल यात्रा शुरु गरिएको हो।

विश्व साइकलयात्री पुष्कर शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीलगायतको उपस्थितिमा नेपालगञ्जका मेयर प्रशान्त विष्टले ‘टुर दि ठाकुरद्वारा’को उद्घाटन गरे ।

६ वर्षदेखि ‘टुर दि ठाकुरद्वारा’ साइकलयात्रा हुँदै आएको छ। नेपालगञ्जदेखि ठाकुरद्वारासम्मको एक सय तीन किलोमिटरभित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थलमा पुगेर साइकलयात्रीले प्रचार प्रसार गर्ने गर्दछन्।

साइकलयात्रामा भारतका १५ जनासहित धरानदेखि महेन्द्रनगरसम्मका २ सय २५ जना सहभागी रहेको क्लवका निवर्तमान अध्यक्ष सतिश निरौलाले जानकारी दिए।

बाँके र बर्दियाका धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार गर्न थालिएको ‘टुर दि ठाकुरद्वारा’को २७ लाख खर्च रहेको क्लवका अध्यक्ष प्रदीप सापकोटाले बताए। साइकलयात्रा भोली सकिने छ। यात्रामा चिकित्सक, उद्योगी व्यापारी, राजनीतिज्ञको पनि सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *