झण्डै २ करोड नेपाली नक्कली नोटसहित एक भारतीय पक्राउ

काठमाडौं । भारतीय नम्बर प्लेटको स्करपियोमा एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट फेला परेको छ।

सुनसरीबाट प्रहरीले एक हजार दरका नक्कली एक करोड ८२ लाख ५१ हजार नोट बरामद गरेको हो। सुनसरी प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार आइतबार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो। नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको उनले बताए।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले सुरुमा बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो। शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोटहरु बरामद भएको हो।

बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ।पक्राउ पर्नेमा चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद छन्। अर्का व्यक्ति एक व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *