नामिबियाविरुद्ध नेपाल १ सय ३२ रनमै अलआउट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए । करण केसीले ३८ बलमा १६ रन बनाए । कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए । पवन शर्राफले १२ रन बनाए ।

नेदरल्याण्ड्सका लागि जेरहार्ड इरासमसले ५ तथा रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले २–२ विकेट लिए । खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर ट्रम्पेलम्यानको दोस्रो शिकार बने ।

यसअघि चौथो ओभरमा आसिफ शेख ४ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भए । १० औँ ओभरमा कप्तान रोहित पौडेल १ रन बनाएर ब्रासेलको बलमा आउट भए ।

त्यसपछि कुशल मल्ल १५ रन बनाएर जेरहार्ड इरासमसको बलमा आउट भए । नामिबियाको टोलीका कप्तान इरासमसले त्यसपछि सोमपाल कामी, भीम सार्की र गुल्सन झालाई आफ्नो शिकार बनाए ।

नवौँ विकेटका रुपमा पवन शर्राफ जान निकोल लोफ्टी इटनको बलमा कप्तान इरासमसबाट क्याच आउट बने ।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो । नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीबार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा नेदरल्याण्ड्सविरुद्ध खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *