दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु एक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। अर्का युवक गम्भीर घाइते छन् ।

घोराही उपमहागनरपालिका – १८ स्थित कालीका टोलमा रा ७ प ४१८६ नम्बरको मोटरसाइकल शनिबार अनियन्त्रित भइ दुर्घटना हुँदा रुकुम पूर्वको भूमे गाउँपालिका – १ का २७ वर्षीय आदर्श पुनको मृत्यु भएको छ।

शनिबार राति ११:५५ बजेतिर भएको दुर्घटनाका गम्भीर घाइते पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याइएकोमा केही बेरमै चिकित्सले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए ।

उक्त मोटरसाइकल दुर्घटनामा परी रुकुम पूर्वको भूमे गाउँपालिका – १ का ३५ वर्षीय रामकुमार पुन गम्भीर घाइते छन् । प्रतिष्ठानमा प्रारम्भीक उपचार पछि घाइते पुनलाई थप उपचारका लागि भैरहवाका लागि रिफर गरिएको जिल्ला प्रहरी प्रवक्ता मल्लले जानकारी दिए ।

घाइते पुन दाङको घोराही – १८ मा डेरा गरि बस्दै आएका थिए। दुर्घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *